एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सेनाले हवाई कारबाहीपछि आफ्नो कब्जामा लिएका भारतीय लडाकु विमानका चालकलाई फिर्ता गरेका छन् ।
बिहिबार पाकिस्तानी संसदको बैठकमा प्रधानमन्त्री इमरान खानले अभिनन्दनलाई आज भारतलाई सुम्पिने घोषणा गरेका हुन् ।
भारत र पाकिस्तानबीच बुधवार भएको हवाई आक्रमणमा भारतीय वायुसेनाका अभिनव वर्तमानलाई पाकिस्तानले समातेको थियो ।
भारत र पाकिस्तानबीच चुलिँदो तनावलाई मत्थर पार्न ती विमानचालकलाई मुक्त गर्न लागिएको खानले बताए । पक्राउ परेका भारतीय वायुसेनाका पाइलटलाई रिहा गर्दै पाकिस्तानले उनका छोरोलाइ लेखेको पत्र यस्तो छ ।
‘हाइ लिटिल बन्नी
बधाइ छ । तिमी छिटै आफ्ना पितालाई अंकमाल गर्न गइरहेका छौ । हामी उनलाई तिमी कहाँ उपहारको रुपमा पठाउँदैछौं, यो कुराको पर्वाह नगरिकन कि उनी यहाँ तिमीजस्तै कैयौँमाथि बम बर्साउन आएका थिए । बनी सुन । तिमीलाई मेरो एउटा अनुरोध छ । जब उनी भावुक भएर तिमीलाई अंकमाल गर्नेछन्, कृपया मेरो तर्फबाट उनीसँग केही प्रश्नहरु सोधिदिनु। उनीसँग सोध्नु – ड्याड, के मजस्तै कश्मिरी बालबालिकाहरुसँग आफ्ना पिताको साथमा खुसीसाथ बाँच्ने अधिकार छैन ? उनीसँग सोध्नु – यदि उनीहरुले तपाइँलाई हिंस्रक भीडको बीचमा छोडिदिएको भए ? उनीसँग सोध्नु – युद्ध र घृणाको मूल्य के हुन्छ ? उनीसँग सोध्नु- के शक्तिशाली हुन्छ ? घृणा कि माया ? उनीसँग सोध्नु – जीवन र मृत्युमा के सुन्दर हुन्छ ? म यी प्रश्नहरुको जवाफको प्रतिक्षामा हुनेछु । खुसी रहनु लिटिल बन्नी । म चाहन्छु एक दिन तिमी आफ्ना पितासँग हामीकहाँ आउ । हातमा बम र मिसाइल होइन फूल लिएर आउ । अनि अझै एउटा कुरा – म बाचा गर्छु कि हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौँ र विनाशको लागि हाम्रो जमिन प्रयोग हुन दिने छैनौँ । आफ्ना पितासँग खुसी रहनू ।
…मानवता प्रेमी



लाेकपाटी न्यूज

