अधिकारीको अन्तिम बिदाइ

photo
लाेकपाटी न्यूज

पोखरा, १७ फागुन । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई गृहनगर पोखरामा अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे ।

मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्मा अर्याल, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेश प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस नेता यज्ञबहादुर थापालगायतले समेत श्रद्धाञ्जलि दिए ।

यस्तै नेकपाका बरिष्ठ नेता बामदेव गाैतम र नारायणकाजी श्रेष्ठले पनि श्रद्धाञ्जलि दिदैँ कम्युनिष्ट पार्टीकाे झण्डा ओढाए ।

श्रद्धाञ्जलि अर्पण गर्नका लागि हजारौँ सर्वसाधारण लामबद्ध छन् । श्रद्धाञ्जलिपछि मन्त्री अधिकारीको आजै अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्