प्रवासी नेपालीले यसरी सम्झिए स्व. अधिकारीलाई

Rabindra-Adhikari-12
लाेकपाटी न्यूज

काठमाडौं, १७ फागुन । प्रवासी नेपाली सङ्घ भारतले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनले स्तब्ध तुल्याएको जनाएको छ ।

सङ्घले एक विज्ञप्ति जारी गर्दै उदाएको सूर्य, आशाका केन्द्र र सबैका मनका ढुकढुकीलाई गुमाउनुको पीडा असह्य भएको बतायो ।

‘समृद्ध नेपाल, सुखी नेपालीको नारालाई आत्मसात गर्दै दृष्टि सोच राख्ने कुशल नेतृत्वकर्ता, मुलुकको उदाउँदो राजनीतिककर्मी सबैका भरोसाका केन्द्रलाई गुमाउनु मुलुकका लागि अपुरणीय क्षति भएको संघको ठहर छ । स्व. रवीन्द्र अधिकारी र सँगै दुर्घैटनामा परि ज्यान गुमाउनु हुनेप्रति हाम्रो संगठन प्रवासी नेपाली सङ्घ भारत परिवारको तर्फबाट मृत्क आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्