‘मैले रवीन्द्रजस्तो असल साथी अरु बनाउन सकिनँ’

Gagan Thapa
लाेकपाटी न्यूज

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफूले स्वर्गीय रवीन्द्र अधिकारीसँग जस्तो असल साथीको सम्बन्ध अरुसँग बनाउन नसकेको बताएका छन् ।

‘म र मेरो जेनेरेसनको सबैले मिस गर्ने असल साथी हुन उनी’, उनले भने, ‘रवीन्द्रजस्तो असल साथी मैले अरुलाई बनाउन सकिन भन्ने लाग्छ । अरुले मलाई चिन्दा कांग्रेसको भनेर चिन्छन् तर रवीन्द्र अधिकारीको त्यस्तो थिएन । हामी एउटा सच्चा साथीको रुपमा सधैँभरि मिस गर्छौँ ।’

उनले शुक्रबार टुँडिखेलमा हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली अर्पण गरेपछि पत्रकारसँग कुरा गर्दै अधिकारी युवा पुस्ताले सधैँ सम्झिरहने नेता भएको बताए ।

सकारात्मक सोचाइ र सक्रियता रवीन्द्र अधिकारीको महत्वपूर्ण पक्ष रहेको भन्दै उनले नेता अधिकारीमा जस्तोसुकै परिस्थितिमा मुस्काउन सक्ने नेता भएको उनको भनाइ छ ।
उनले नेता अधिकारी आलोचनालाई पनि सकारात्मक रुपमा लिन सक्ने विकासवादी नेता भएको दावी गरे ।

नेता थापाले अधिकारीकै नेतृत्वमा नेपालको सुस्ताएको विद्यार्थी आन्दोलनले गति प्राप्त गरेको बताए । रवीन्द्र काम गर्नेमध्येको एक मान्छे भएको उनको दावी थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्