किन बस्दैछ नेकपा संसदीय दलको आकस्मिक बैठक ?

Nekapa sansadiya dal
लाेकपाटी न्यूज

काठमाडौं, १७ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

शुत्रलबार दिउसो साढे १ बजे बोलाइएको बैठकले हेलिकप्टर दुर्घटनामा मृत्यु हुने पर्यटन मन्त्रीको शोक प्रस्ताव परित गर्नेछ ।

यसअघि आजै सातै जनाको शव टुँडिखेलमा राखेर राष्ट्रपति विद्या देवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सम्पुर्ण नेताहरुले श्रद्धाञ्जली अपर्ण गरेका थिए ।

बुधबार ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोला क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्