मन्त्री अधिकारीको शव पोखरा पुर्‍याइयो

6565
लाेकपाटी न्यूज

पोखरा, १७ फागुन । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा पुर्याइएकोे छ । अधिकारीको शव अहिले अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिएको छ।

मन्त्री अधिकारीको शव केहीबेर अगाडि पोखरा ल्याइएको हो । दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीर रामघाटमा अन्त्यष्टि गरिने छ । रामघाटमा अन्त्यष्टि गर्नुअघि गौतम र श्रेष्ठले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउने छन् भने पोखरेलले राष्ट्रिय झण्डा ओढाउने छ ।

मृतकप्रति श्रद्धाञ्जली दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पोखरा जानेभएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्