भियतनाम, १६ फागुन । पाकिस्तानले भारमा आत्मघाती बम विस्फोट गरेपछि यसको बदला लिदैँ भारतीय वायुसेनाले पनि मंगलबार हवाई आक्रमण गरेपछि दुई देशबीचको विवाद चर्कियो ।
भारत र पाकिस्तानबीच युद्धको अवस्था निकै जटिल बनिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध हुन नदिने घोषणा गगरेका छन् ।
भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीचको तनावको समाचार आफूले सुनिरहेको बताउँदै यसलाई चाँडै सुल्झाउने घोषणा गरेका हुन । ट्रम्पले अमेरिकाको मध्यस्थतामा यी दुई देशबीचको तनाव समाप्त हुने पनि प्रष्ट पारे । उनले अहिले पनि यी दुई देशबीच आफूले मध्यस्थता गरिरहेको खुलासा गरेका छन् ।
‘मलाई भारत र पाकिस्तानबीचको तनावको समाचार प्राप्त भइरहेको छ । दुवै देशमा पछिल्लो कयौँ समयदेखि तनाव जारी छ। हामी यस विवादलाई सुल्झाउन मध्यस्थता गरिरहेका छौँ । तनाव भए पनि मलाई राम्रो समाचार पनि मिलिरहेको छ । हामीलाई आशा छ लामो समयदेखि देखिएको यो तनाव चाँडै समाप्त हुन्छ,’ राष्ट्रपति ट्रम्पले भने ।
गत १४ फेब्रुवरीमा कश्मीरको पुलवामामा भएको आत्मघाती घटनापछि अमेरिकाले निन्दा गरेको थियो । त्यसपछि केही दिनअघि भारतले सोमबार मात्रै पाकिस्तानको बालाकोट क्षेत्रमा आफ्ना लडाकु जहाजबाट बम बर्साएको थियो ।
यसबीचमा आफ्नो भूमिमा आक्रमण गर्न आएका भारतका दुई लडाकु जहाजलाई खसालिदिएको दाबी पाकिस्तानले गरेको छ । खसालिएका दुई लडाकुमध्ये एउटाका पाइलटलाई पनि पाकिस्तानी सेनाले नियन्त्रणमा लिइसकेको छ ।
तनाव बढिरहेका बेला बुधवार राति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोसँग वार्ता गरेका छन् । वार्ताका क्रममा पोम्पिओले पनि यस समस्याको समाधान वार्ताबाटै गरिनुपर्ने बताएका थिए ।



लाेकपाटी न्यूज

