नयाँ दिल्ली । पाकिस्तानले भारतीय पाइलट वायु विङ कमान्डर अभिनन्दनलाई भोली रिहा गर्ने भएको छ ।
भारतले आफ्नो वायुसेनाका पाइलट अभिनन्दनलाई सुरक्षित फिर्ता गर्न पाकिस्तानालाई दवाव दिएपछि प्रधानमन्त्री इमरमन खानले उनलाई भोली रिहा गर्ने घोषणा गरेका हुन् ।
इमरान खानले पाकिस्तानको शान्ति प्रयासमा भारतीय पाइलट रिहा गर्ने निर्णय गरेका हुन् । सांसदको संयुक्त सत्रमा उनले भने ‘युद्ध कुनै पनि समस्याको समाधान हुन सक्दैन । दुवै देशका सामु साझा चुनौती छ । यसको सामना गर्न हामी मिलेर अगाडी बढ्नु पर्छ ।’
अभिनन्दनले बुधवार बिहान उडाएको मिग २१ विमान पाकिस्तानी वायुसेनाले खसालिदियो र उनलाई आफ्नो नियन्त्रणका लिएको थियो ।
पाकिस्तानी सेनाले अभिनन्दन आफूसँग सकुशल रहेको बताएको छ । अभिनन्दनको एउटा भिडियो पनि सामाजिक सञ्जालमा राखिएको छ ।



लाेकपाटी न्यूज

