काठमाडौं, १६ फागुन । ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकै शव काठमाडौं ल्याइएको छ ।
मौसममा आएको सुधारसँगै ताप्लेजुङको सुकेटार विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरमार्फत शव काठमाडौं ल्याइएको हो ।
शवको पोस्टमार्टमपछि टुँडिखेलमा सामूहिक श्रद्धाञ्जलि दिएर मात्र शव आफन्तको जिम्मा लगाउने तयारी भएको जनाइएको छ । श्रद्धाञ्जलि सभाका लागि टुँडिखेलमा तयारी भइरहेको बताइएको छ ।



लाेकपाटी न्यूज

