शव बोकेको हेलिकप्टर काठमाडौं आइपुग्यो

-helicopter-tour90
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, १६ फागुन । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको काठमाडौं ल्याइएको छ । शव बोकेको नेपाली सेनाको हेलिकोप्टर भर्खरै मात्र काडमाडौं आइपुगेको हो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो ।

बुधबार एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको फुङ्लिङ नगरपालिका सिस्नेभीरमा दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्