एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको वार्ता टुङ्गिएको छ । दुई नेताबीच विभिन्न विषयमा छलफल भएपनि सहमति बिना नै वार्ता टुङ्गिएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङबीच दोस्रो शिखर सम्मेलन भियतनामको राजधानी हनोइमा बुधबार साँझबाट वार्ता शुरु भएको थियो ।
उनीहरुको वार्ताको मुख्य एजेण्डा कोरियन प्रायदीपलाई आणविक हतियार मुक्त गराउने दिशामा केन्द्रित रहने अनुमान गरिएको थियो । ट्रम्पले आफ्नो पछिल्लो बैठक धेरै नै सफल हुने दाबी गरेपनि वार्तामा सहमति भने हुन सकेन ।
सबैले वार्तापछि कोरिया क्षेत्रमा युद्धको अवस्था सकिएको औपचारिक रुपमा घोषणा गरिने अपेक्षा समेत गरेका थिए ।


लाेकपाटी न्यूज

