काठमाडौं, १६ फागुन । बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको क्रममा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव लिएर नेपाली सेनाको हेलिकप्टर काठमाडौंका लागि उडेको छ ।
खराब मौसमका कारण ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा बिहानैदेखि उचित मौसमको पर्खाइमा रहेको सेनाको टोली काठमाडौंका लागि केही बेरअघि मात्रै प्रस्थान गरेको हो ।



लाेकपाटी न्यूज

