भारतीय कमाण्डर अभिनन्दनको रिहाइ गर्न माग

captain
लाेकपाटी न्यूज

एजेन्सी । भारतीय वायु सेना कमान्डर अभिनन्दन पाकिस्तानको नियन्त्रणमा छन् । बुधबार भारतीय युद्धक विमान अनुमति बिना पाकिस्तानको हवाई मार्गमा प्रवेश गरेपछि पाकिस्तानले उक्त विमानलाई खसाएको थियो ।

सोही विमानका पाइलट कमान्डर अभिन्दनलाई पाकिस्तानले नियन्त्रणमा लिएको हो । बुधबार पाकिस्तानले कमान्डर अभिनन्दनलाई नियन्त्रणमा लिएको भिडियो समेत सार्वजनिक गरिएको थियो । उनले भिडियोमा आफूले भारतीय गोप्या सूचना नखुलाउने बताएका छन्।

भारतले भने कमान्डर अभिनन्दनको रिहाइको माग गरेका छन् । तर, पाकिस्तानले आफूले पाइलटको राम्रो हेरचाह गरिरहेको बताएको छ ।

गत फेब्रुवरी १४ तारिखमा भारत प्रशासित कस्मिरको पुलवामा जिल्लामा उग्रवादी समूह जैस–ए–मोहम्मदले आत्मघाती बम विस्फोटन गराउँदा ४० भन्दाबढी भारतीय सेनाको मृत्यु भएको थियो । यसको बदला लिदैँ भारतीय वायुसेनाले मंगलबार विहानै पाकिस्तानको बालाकोट क्षेत्रमा प्रवेश गरेर हवाई आक्रमण गर्दै २ सयदेखि ३ सय जैस–ए–मोहम्मदको लडाकु मारेको दाबी गर्यो।

सन् १९७१ मा पहिलो पटक भारतीय वायु सेना भारतीय भूमिमा प्रवेश गरेको हो । पाकिस्तानले भारतको जवाफ दिने बताएको थियो ।

बुधबार नै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशको नाममा सम्बोधन गर्दै भारतसँग छलफल गर्न आग्रह गर्दा समेत भारतले पाकिस्तानमा आक्रमण गरेका कारण आफूले त्यसको जवाफ दिएको उनले बताएका थिए । उनले देश युद्धमा गए यसले भारत र पाकिस्तान कसैलाई फाइदा नपुग्ने समेत बताए । भारतसँग तनाव अन्त्यबारे छलफल गर्नुपर्ने संकेत उनले गरेका छन्।