प्रतिनिधिसभाको बैठक भोलि बस्दै

210
लाेकपाटी न्यूज

काठमाडौं, १६ फागुन । आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक भोलि शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगित गरिएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचनामार्फत् आजको बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
उनले बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकोमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको बैठक बस्न नसक्ने जानकारी दिए ।
सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक शुक्रबार दिनको ३ बजेका लागि तय गरेको महासचिव भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्