काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानलाई व्यावसायिक हिसाबले सशक्त र सुदृढ बनाएर लैजान निर्देशन दिएकी छिन्।
नेपाल खानेपानी संस्थानको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री मगरले खानेपानी संस्थानको गरिमालाई अझ उचाईमा पुर्याउन नयाँ कार्ययोजना सहित अघि बढ्न सबैलाई आग्रह गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “संस्थानले आफ्नो उपस्थिति बजारमा एकछत्र बनाओस् । यहाँहरु सबैले सामान्य कार्ययोजना होइन, ठूलो सपना देखेर अघि बढ्नुहोस् । संस्थानको कर्मचारी हुँ भन्नेमा गर्वानुभूति हुने गरी काम गर्नुहोस् ।”
संस्थानले आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उनले सबैमा आग्रह गरिन् । संस्थानप्रति आफू आशावादी रहेको उनको भनाइ छ । संस्थानको भूमिका बढाउन मन्त्रालय सधैं तयार रहेको उनले बताइन्।



लाेकपाटी न्यूज

