काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सांसद योगेश भट्टराईले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग आज साढे ४ बजे भेट्ने कुरा भएको बताएका छन्।
‘उहाँहरु जानुभएको रहेछ, मलाई थाहै थिएन, हेलिकप्टर दुर्घटना भएपछि मात्र थाहा भयो,’ उनले भने, ‘हिजो मात्र उहाँसँग भेट भएको थियो, काठमाडौं बाहिर जान्छु, ३ बजे आउँछु साँढे ४ मा भेटौं है भन्नुभएको थियो ।’
सो समयमा भेटभाटका लागि आफूले पनि सहमति जनाएको र योजना बनाएको उनले बताए । बाहिर जान्छु भन्दा आफुले कहाँ जाने भन्ने विषयमा नसोधेको उनले बताए । ‘कहाँ जाँदै हुनुहुन्छ भन्ने मैले सोधिँन,’ उनले भने, ‘उता(ताप्लेजुङ) जानुभएको रहेछ ।’
नेता भट्टराईले मन्त्री अधिकारीको निधन आफूलाई पत्यारै नलागेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘ प्रिय साथी म निशब्द छु ! म स्वीकार गर्दिन् ! तिम्रै आवाजले एकपटक बताइदेउ न यार।’



लाेकपाटी न्यूज

