मन्त्री अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइयो

aamabuwa
लाेकपाटी न्यूज

काठमाडौं, १५ फागुन । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ ।

दुर्घटना भएकोे खबर पाएलगत्तै आमा लक्ष्मी र बुबा इन्द्र अधिकारीलाई काठमाडौं ल्याइएको हो । दुर्घटना भएको खबरपछि आफन्त र पार्टी कार्यकर्ता मन्त्री अधिकारीको कास्कीस्थित घर पुगेका थिए ।

मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिक पुगेपछि बुधवार दिउँसो १ः३० बज दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्