काठमाडौं, १५ फागुन । एयर डायनेस्टिक हेलिकप्टर पाथिभराबाट उडेको १ मिनेटमै दुर्घटना भएको जानकारी प्राप्त भएको छ । त्रिभूवन विमनस्थलका प्रवक्ता प्रतापबाबू तिवारीका अनुसार १ बजेतिर दुर्घटना भएको थियो।
दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ६ जनाको निधन भएको छ । नागरिक उडडयन प्राधिकरणले ६ जनाकै निधन भएको पुष्टि गरेको छ ।
हेलिकप्टरमा मन्त्री अधिकारीसहित एयर डाइनेस्टीका मालिक आङ छिरिङ शेर्पा, विरेन्द्र बुढाथोकी, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र युवराज दाहाल रहेका थिए। पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेको छ । सुकेटार विमानस्थल टावरले हेलिकप्टर पौने १ बजेसम्म सम्पर्कमा रहेको जनाएको थियो ।
प्रवक्ता तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए। त्यसको १ घण्टा पौने १ क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा ‘हेभी स्नोफल’ भएको बताएका थिए।
प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धृत गर्दै भने, ‘यता मौसम खराब छ। हेभ्भी स्नोफल भइरहेको छ। म उड्न सक्दिनँ। घटनास्थल पुगेका प्रहरी हवल्दार बेदकुमार अर्यालले घटनास्थलमा ६ जनाको शव फेला परेको जानकारी गराएका छन्।
प्रवक्ता तिवारीका अनुसार पाथिभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको थियो। उनले भने, ‘पाथिभरामा ल्याण्ड भएपछि हामीसँग सम्पर्क भएको थियो। चालकले ठूलो हिमपात परेकाले उड्न नसक्ने सूचना दिनुभएको थियो। पछि उहाँहरु उड्नुभएछ, उडेको १ मिनेटमै दुर्घटना भयो।’



लाेकपाटी न्यूज

