प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, १५ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन्।

मन्त्रीहरुलाई प्रधानमन्त्रीले किन बोलाए भन्ने आधिकारिक जानकारी आएको छैन। तर, उनले ताप्लेजुंग दुर्घटनाबारे प्राप्त सूचनाको जानकारी गराउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्