मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

-helicopter-tour90
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ ।

ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो।

मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। थप विवरण आउन बाँकी छ।
उनी सवार एयर डायनिस्टीको हेलीकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए। घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ।

प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ। हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टरमा मन्त्री अधिकारी सहित ६ जना रहेका छन्। हालसम्म क्षतिको विवरण अज्ञात रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्