मध्यमर्स्याङ्दी –दमौली–मर्स्याङ्दी प्रसारण लाइन सुचारु

215451215
लाेकपाटी न्यूज

दमौली, १५ फागुन । मध्यमर्स्याङ्दी –दमौली–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले २२ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालन मा ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारण लाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताएका छन् ।

मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट वर्षामा उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना रहँदै आएको थियो । अब भने मध्यमर्स्याङ्दी –दमौली–मर्स्याङ्दी लाइन सञ्चालनमा आएपछि विद्युत् खेर जाने सम्भावनाको अन्त्य भएको उनले जानकारी दिएका छन् । उनले भने, ‘ मर्स्याङ्दी –काठमाडौँ र मर्स्याङ्दी –भरतपुर प्रसारण लाइनमा समस्या आउँदा प्राधिकरणका मध्यमर्स्याङ्दी, मस्र्याङ्दीसहित निजी क्षेत्रका आयोजनाको विद्युत् प्रवाह गर्न नसक्ने अवस्था रहेको थियो । अब त्यस्तो समस्या पनि अन्त्य भएको छ । अब ती आयोजनाको विद्युत् दमौली सबस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको छ ।’

निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करीब ६६ मेगावाट विद्युत् र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङ्दी ७० मेगावाट तथा तल्लो मस्र्याङ्दी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमस्र्याङ्दी–मस्र्याङ्दी प्रसारण लाइन हुँदै काठमाडौं र चितवनको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ ।

मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भरतपुरतर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताए ।
दमौली सबस्टेसनबाट दमौली–लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमशः पोखरा र दमौली–भरतपुरतर्फ विद्युत् पठाउन सकिने उनले बताए । उनले भने, ‘यही आयोजनाअन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२÷३३ केभी सबस्टेसन केही दिनमै सञ्चालनमा ल्याउँदैछाैँ।’

उनकाअनुसार मस्र्याङ्दी, दमौली र मध्यमस्र्याङ्दी सवस्टेसनमा वे थपिएको छ भने मध्यमस्र्याङ्दीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिने छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्