पश्चिम नवलपरासी, १५ फागुन । नवलपरासीमा सञ्चालित गण्डक जल विद्युत केन्द्र सुर्यपुराको मर्मत नहुँदा वार्षिक ८० करोड रुपैयाँ घाटा व्यहोर्दै आएको छ ।
जिल्लाको प्रतापपुर गाउँपालिका ७ सुर्यपुरामा सञ्चालित पावर हाउसमा बिग्रिएका टरवाईन १ र २ को मर्मत नहुँदा वार्षिक ८० करोड रुपैया घाटा लाग्ने गरेको हो ।
पावर हाउसमा ५५ मेगावाट क्षमतावानको ३ वटा टरवाईन जडान गरिएको छ तर टरवाईन १ र २ विग्रेर बन्द भएको छ भने संचालनमा रहेको टरवाईन ३ बाट हाल २ दश्मल्व ८ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको पावर हाउसले जनाएको छ ।
पावर हाउसको क्षमता अनुसारको विद्युत उत्पादन भएमा वर्षमा कुल १३ करोड १४ लाख युनिट विद्युत उत्पादन हुन्छ, सो उत्पादित विद्युतको मूल्य ९१ करोड ९८ लाख पर्छ । तर गत वर्षको विद्युत उत्पादनको तथ्याङ्क हेर्ने हो भने वर्षमा १ करोड ५३ लाख २२ हजार युनिट विद्युत उत्पादन मात्र भएको छ । त्यसको मूल्य १० करोड ७२ लाख ५४ हजार हुन्छ । यसरी पावर हाउस वार्षिक रुपमा ८१ करोड २५ लाख ४६ हजार रुपैयाँ घाटा व्यहोर्दै आएको पावर हाउसका ईन्जिनियर पवन गुप्ताले जानकारी दिए ।
वि.सं.२०१६ सालमा नेपाल भारतसंग भएको दुईपक्षिय गण्डक सम्झौताअनुसार निर्माण भएको गण्डक जलविद्युत केन्द्र भारतले निर्माण गरी नेपाल पक्षलाई प्रदान गरेको हो । तर विद्युत केन्द्रमा पानी प्रवाहका लागि सबै नियन्त्रण भारतिय कर्मचारीको हातमा हुने भएको हुँदा पानी प्रवाहका लागि नियमित र निरन्तर नेपाली पक्षबाट पहल नभएकाले भारतीय पक्षले चाहिएको बेला प्रयाप्त पानी नछाड्नु र पानी आए पनि विद्युत गृह तर्फ पानी नपठाईदिनु जस्ता धेरै समस्या रहेको केन्द्रका प्रशासकिय प्रमुख रघुनाथ अचार्य बताए ।
१५ वटा मेगावाट क्षमता भएको उता गृहमा ५र५ मेगावाट विद्युत उत्पादन गर्न सक्ने तिन वटा टर्वाईन छन् । एउटा टर्वाइन चल्नका लागि ५ हजार क्यु सेक पानी आवश्यक पर्छ । ५ हजार क्युसेक भन्दा कम पानी हुने वित्तिकै टवाईन चल्नमा समस्या आउने गर्छ । त्यही भएर १८ हजार क्यु सेक क्षमताको नहर निर्माण गरिएको छ । तर भारतिय पक्ष र बेला बेलामै नेपाली पक्षकै कारण विद्युत केन्द्र प्रभावित भई विद्युत उत्पादन कम भएको उनको भनाई थियो ।
अहिले पनि नेपाली पक्षले डुबानको कारण देखाउदै भारतिय नहरको बाँध काटि दिएका छन् । भारतले मर्मत गर्न खोज्दा स्थानिय प्रशासनबाट सहयोग पाएको छैन् । जस्ले गर्दा हाल ७ क्युसेक पानी मात्र नहरमा बग्ने गरेको र एउटा टर्वाईन पनि गतिमा चल्न सकेको छैन ।
विगत साढे चार दशक देखी नहरको सिल्ट सफाई नभएका कारण पानीको प्रवेग कम छ । त्यसले एउटा टवाईन ५ मेगावाट विद्युत उत्पादन गर्नु पर्ने क्षमताको भए पनि २ दशमलव ८ मेगावाट मात्र विद्युत उत्पादन भई रहेको छ । प्रयाप्त पानी आएको भए पनि दुइटै टवाईन चलाउदा पनि ७ देखी ८ मेगावाट विद्युत उत्पादन हुन्थ्यो, विद्युत केन्द्रका इन्जिनियर पवन गुप्ता भन्छन्, कुनै पनि संरचनाको २५ वर्ष भित्र रिह्याब अर्थात पुर्ननिर्माण गर्नु पर्छ । तर यो जल विद्युत केन्द्र बनेको ४५ वर्ष वित्दा पनि पुर्ण रुपमा रिह्याब भएको छैन् ।
मर्मत सम्भारको भरमा मात्र चल्दै आएको छ । क्षमता अनुसारको पुरै विद्युत उत्पादनका लागि नहरमा १६ हजार क्युसेक पानी नघट्ने गरि निरन्तर बग्नु पर्छ । तर त्यो अवस्था छैन् । मानविय, प्राविधिक, प्रविधिसंग दुई देशिय समस्या भएका कारण निरन्तर पहलकदमीको आवश्यकता रहेको इन्जिनियर गुप्ता भन्छन्, त्यो पहल कदमी केन्द्रिय स्तर भन्दा जिल्ला स्तरबाटै भए पनि पुग्छ, तर त्यो पनि हुन सकेको छैन् ।
जलविद्युत केन्द्रको रिह्याब गर्नका लागि ८० करोड लागत पर्ने गरि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० भारतलाई पठाइएको छ । भारतीय पक्ष रिह्याब गर्नका लागि लगानी गर्न पनि तयार छन् । तर नेपाली पक्षबाटै काम गराउनुको सट्टा बजेट नै नेपाललाई उपलब्ध गराउनु पर्ने जस्ता जिकिरका कारण सो डिपिआर अलपत्र परेको छ ।
८० करोड रकम लगानी नेपाल आफैले पनि गर्न सक्छ, जुन लगानी एक वर्षको विद्युत उत्पादनले फिर्ता हुन्छ । तर जलविद्युत केन्द्र प्रति नेपाली पक्षबाटै वेवास्ता गरिदा उत्पादनमा समस्या आउने गरेको छ । बार्षिक ९० करोड मूल्यको विद्युत गर्ने क्षमता भएको केन्द्रले आन्तरिक र बाह्य समस्याका कारण बढिमा १० करोडको विद्युत मात्र उत्पादन गर्न सकेको अवस्था छ ।
जिल्ला स्तरबाटै भारतिय कर्मचारी र ब्यारेज सचालन गर्ने पहल गरिदिए पनि वार्षिक ३० देखी ४० करोडको विद्युत उत्पादन बढाउन सकिन्थ्यो । भारतले नै विद्युन गृह निर्माण गरेका कारण रिह्याब गर्न दिदा पनि केही विग्रिने अवस्था होईन् । कहीँबाट सहयोग नभएको गुनासो विद्युत कर्मचारीको रहेको छ । विद्युतगृहमा ५० जना कर्मचारीको दरबन्दि रहे पनि हाल ३७ जना कर्मचारी मात्र कार्यरत छन् । त्यसैले पनि काममा समस्याहरु आउने गरेको इन्जिनियर गुप्ताको भनाई छ ।



लाेकपाटी न्यूज

