बुहारी राष्ट्रपतिमा निर्वाचित

Mohammad Buhari
लाेकपाटी न्यूज

एजेन्सी। नाइजेरियाको राष्ट्रपति मोहम्मद बुहारी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

गत शनिबार भएको निर्वाचनमा राष्ट्रपति बुहारी चार वर्षे दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन्। ७६ वर्षीय बुहारीले पूर्व उपराष्ट्रपति अटिकु अबुबाकरलाई पराजित गरेका हुन्।

अबुबाकरको पिपुल्स डेमोक्रेटिक पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ। हिंसा फैलाएर निर्वाचन गराइएको र मतगणनामा समेत ढिलाइ गरिएकाले निर्वाचन निष्पक्ष नभएको भन्दै विपक्षी दलले परिणाम अस्वीकार गरेको हो।

निर्वाचन आयोगले बुहारीको अल प्रोग्रेसीभ कंग्रेस पार्टीले ३६ मध्ये १९ प्रान्तमा जीत हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विपक्षी डेमोक्रेटिक पार्टी भने राजधानी अबुजासहित १७ प्रान्तमा विजयी भएको छ।