बाँके, १४ फाल्गुन । बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बझाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर जाने क्रममा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)ले मंगलबार बिदाई गरेको छ ।
हुरीपपका अध्यक्ष आलम खानले सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले मानव अधिकार मैत्री सेवा प्रदान गरेको भन्दै औपचारिक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको बताए । बिदाइ कार्यक्रममा नेपाली कांग्रेस सल्यान जिल्लाका सचिव प्रकाश भण्डारीले बाँकेमा जसरी नै बझाङमा पनि मानव अधिकार मैत्री भएर काम गर्न शुभ कामना दिए ।
कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष डक्ट प्रसाद धितालले जिल्ला प्रशासनबाट प्रवाह हुने सेवालाई सहज बनाउन सफल भएका सहायक प्रजिअलाई बधाई दिँदै बाँकेमा जडान भएका सिसि क्यामरालाई कानुनी मापदण्डमा ल्याउने अभियान बाँकेका लागि नमूना भएको बताए ।
पत्रकार गजेन्द्र गुरुङले पछाडि पारिएका समूदायको उत्थानका निम्ती काम गरेर देशको नमूना प्रशासक बन्न शुभ कामना दिएका छन् ।
नेकपाका नेता किशोर थापाले प्रजिअ सुनार थोरै समयमा बाँकेमा उत्कृष्ट बन्न सफल भएको बताउदै बाँकेमा आएका सहायक प्रजिअहरुलाई सार्वजानिक कार्यक्रमबाट पहिलो पटक सुरेश सुनारलाई बिदाइ गरिएको बताए । हुरीपपले मानव अधिकार मैत्री सेवा प्रवाह गर्न सफल भएको भन्दै सुरेश सुनारलाई बिदाई कार्यक्रम आयोजना गरेर नमूना कार्य गरेको उनले बताए ।
हुरीपपका अध्यक्ष आलम खानले सहायक प्रजिअ सुनारलाई नेपालको नक्सा प्रदान गरी देशको नमूना प्रशासक बन्न शुभ कामना दिएका छन् । सहायक प्रजिअ सुनारले थोरै समयमा बाँकेका जनताबाट पाएको माया जिवनको हरेक काल खण्डमा सम्झी रहने क्षण भएको बताक्एा छन् । उनले आफू देशको सबै भन्दा कान्छो प्रजिअ भएको दाबी गर्दै मानव अधिकार मैत्री काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा बिद्यार्थी नेता तुलसी मणी केसी, दत्ता प्रसाद आचार्य, पत्रकार प्रज्वल श्रेष्ट लगायतले शुभ कामना दिएका थिए ।



लाेकपाटी न्यूज

