काठमाडौं, १४ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । निर्वाचन समिति र अनुशासन समिति गठनका लागि मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बोलाइएको पार्टी केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो ।
रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेता बैठक हलमा प्रवेश नगरेपछि कांग्रेस केन्द्रीय समितिको वैठक स्थगित भएको हो । संस्थापन इतरका नेताले वैठकमा नआउने संकेत गरेपछि देउवाले बैठक अनिश्चितकालका लागि स्थगन गरे ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले मंगलबार बोलाइएको पार्टी केन्द्रीय कार्य समितिको बैठक स्थगित गरिएको बताए ।
पार्टीको महासमीति बैठकले दिएको म्याण्डेट अनुसार विधान अनुमोदन नभएको, अनुशासन समिति र निर्वाचन समिति गठनमा सभापति शेर बहादुर देउवाले एकलौटी गर्न खोजेको भन्दै पौडेल र सिटौला पक्षधर नेता सभापति देउवासँग रुष्ट छन् ।


लाेकपाटी न्यूज

