भारतीय आक्रमणको समर्थनमा वीरगञ्जमा र्‍याली

Birjgunj_birodh
लाेकपाटी न्यूज

काठमाडौं । भारतले पाकिस्तानको भूमिमा बम हानेको समर्थन गर्दै मंगलबार वीरगञ्जमा प्रदर्शन भएको छ । सोमबार राति भारतले पाकिस्तानी इलाकामा आक्रमण गरेको थियो ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको भातृ संगठन राष्ट्रिय विद्यार्थी संघ र राष्ट्रिय युवा संघ पर्साको आयोजना प्रदर्शन भएको हो । जिल्ला प्रहरी कार्यालय अगाडी लालवगंलाबाट निस्केको जुलुशले वीरगञ्जको बिभिन्न भागको परिक्रमा गरेको थियो ।

प्रदर्शनपछि भएको कोणसभामा राजपाका महासचिव राजेशमान सिंहले आंतकवाद विरुद्धको लडाइको समर्थनमा रहेको बताए । प्रदर्शनमा राजपाका प्रेमबाबु पटेल, उमेशलाल सहनी, मिनु ठाकुर लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

मधेशवादी दललाई भारतद्वारा परिचालित समूहको अभियोग लागिरहेको बेला भारतीय आक्रमणको समर्थनमा जुलुस निकालिएको हो । यसले नेपालको कुटनीतिक मामिलामा समेत असर पर्नसक्ने कतिपयको चिन्ता छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्