प्रचण्डद्धारा सहिद स्मृति पार्कको शिलान्यास

Prachanda
लाेकपाटी न्यूज

गोरखा, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति पार्कको शिलान्यास गरेका छन् ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस समारोहमा सहभागी हुन गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ जराङ पुगेका अध्यक्ष प्रचण्डले उक्त पार्कको शिलन्यास गरेका हुन् ।

बारपाक सुलिकोट गाउँपालिका ८ जराङस्थित रम्तेलको घर भएको ठाउँमा सहिदको स्मृतिमा सभाहलसहितको पार्क बन्न लागेको गाउँपालिकाका प्रमुख विष्णु भट्टले बताए ।

गाउँपालिका तथा अन्य सरकारी निकायको लगानीमा निर्माण हुन लागेको पार्कको डिजाइन इस्टिमेट तयार भैसकेको अध्यक्ष भट्टले जानकारी दिए ।

माओवादी नेता पक्राउ गर्न गएको प्रहरीको गोली लागि व्रह्मचारिणी निमाविमा कक्षा ४ मा अध्ययनरत रम्तेलको २०५२ साल फागुन १४ गते निधन भएको थियो । सोहि अवसरमा अनेरास्ववियू (क्रान्तिकारी) ले विद्यार्थीलाई स्टेसनरी सामग्री समेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्