शैन्य शक्तिमा भारत र पाकिस्तानमध्ये काे बलियाे ?

भारत र पाकिस्तान
लाेकपाटी न्यूज

काठमाडौं, १४ फागुन । भारत र पाकिस्तानको सबन्ध यतिखेर निकै बिग्रिएको छ । दुई साताअघि भारतको पुलवामा आतंकवादी आक्रमण भएपछि बिग्रिएको सम्बन्ध आजदेखि झनै चिसिएको छ । गएराती भारतीय वायुसेनाले पाकिस्तानी सीमाभित्र पसेर बम खसालेपछि यी दुईबीचको सबन्धमा झनै ठूलो दरार परेको हो । अहिले भारत र पाकिस्तानबीच युद्धको आशंका पनि गरिएको छ । यी दुई देशबीच १९४७ देखि नै कश्मिर विषयमा विवाद छ ।

यदि यी दुई देशबीच युद्ध भइहाल्यो भने कुन देश शक्तिशाली होला भन्ने जिज्ञासा अहिले धेरैमा छ । इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आइआइएसएस)ले हरेक देशको सैन्य शक्तिको तथ्यांक राख्ने गरेको छ । त्यही आइआइएसएसको तथ्याङ्कअनुसार भारत र पाकिस्तानमा कुन देश बढी शक्तिशाली छ त ?

बजेट

सन् २०१८ मा भारतले ५८ अर्ब डलर अर्थात आफ्नो कूल ग्राहस्थ उत्पादनको २.१ प्रतिशत सैन्य बजेटको लागि छुट्याएको थियो । आइआइएसएसको तथ्याङ्कअनुसार भारतसँग १४ लाख जना सैनिक छन् । पाकिस्तानले सन् २०१८ मा ११ अर्ब डलर अर्थात कूल ग्राहस्थ उत्पादनको ३.६ प्रतिशत बजेट सैन्य क्षेत्रका लागि छुट्याएको थियो । २०१८ मा पाकिस्तानले सय मिलियन डलर विदेशबाट सैन्य सहयोग पनि पाएको थियो । पाकिस्तानमा ६ लाख ५० हजार सैनिक छन् । स्टकहोम इन्टरनेशनल पीस रिसर्चइन्ष्टिच्युटकाअनुसार ९९३ देखि २००६ सम्म पाकिस्तानले आफ्नो वार्षिक सरकारी खर्चको २० प्रतिशत सेनामा खर्च गरेको थियो । २०१७ मा पाकिस्तानले कूल सरकारी खर्चको १६.७ प्रतिशत सेनामा खर्च गरेको छ । ९९३ देखि २००६ सम्म भारतको सैन्य खर्च कूल सरकारी खर्चको १२ प्रतिशत थियो । २०१७ मा यो ९.१ प्रतिशत थियो ।

मिसाइल र परमाणु हतियार

भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश हुन् । भारतसँग ए किसिमका अपरेशनल मिसाइल छन् । यसमा अग्नी ३ (३ हजार देखि ५ हजार किलोमिटर क्षमता) पनि समावेश छ । चीनको सहयोगबाट पाकिस्तानले पनि कैयौं परमाणु हतियार विकास गरेको छ जो भारतको कुनै पनि ठाउँमा आक्रमण गर्न सक्षम छन् । शाहीन २ पाकिस्तानको सबैभन्दा शक्तिशाली मिसाइल हो । भारतसँग १३० देखि १४० परमाणु बम छन् भने पाकिस्तानसँग १४० देखि १५० परमाणु बम छन् ।

अन्य हतियार

भारतसँग ३५६३ युद्ध ट्यांक छन् । यसका अलावा ३१०० इन्फेट्री लडाकू वाहन, ३३६ सशस्त्र पर्सनर क्यारिअर्स र ९७१९ तोप छन् । पाकिस्तानसँग २४९६ युद्ध ट्यांक छन् । १६०५ सशस्त्र पर्सनल क्यारिअर, ४४७२ तोप छन् ।

वायु सेना

भारतसँग ८१४ कम्ब्याट एयरक्राफ्ट छन् । भारतको वायुसेनामा १ लाख २७ हजार २ सय सैनिक कार्यरत छन् । भारतसँग फाइटर जेटको भने समस्या छ । पाकिस्तानसँग ४२५ कम्ब्याट एयरक्राफ्ट छन् । तर, पाकिस्तानसँग चीनमा बनेको एफ सेभेन पीजी र अमेरिकामा बनेको एफ सिक्सटिन फाइटिङ फल्कन जेट पनि छन् । पाकिस्तानसँग यस्ता एयरक्राफ्ट पनि छन् जसले हवाइ खतराको सूचना दिन्छन् ।

जलसेना

भारतीय नेभीसँग एउटा एयरक्राफ्ट क्यारिअर, १६ सबमरिन, १३ फ्रिगेट्स, ११०६ पट्रोल र कोस्टल कब्याट जहाज छन् । भारतीय नेभीमा ६७ हजार ७ सय सैनिक कार्यरत छन् । पाकिस्तानी नेभीसँग ९ फ्रिगेट्स, ८ सबमरिन, १७ पट्रोल र कोस्टल जहाज छन् ।