काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कांग्रेस पार्टी कार्यालय पुन घेराउ गरेका छन् । नेविसंघका असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले कांग्रेस पार्टी कार्यालय सानेपा फेरी घेराउ गरेका हुन् ।
मंगलबार असन्तुष्ट विद्यार्थी कार्यकर्ताहरुले नेविसंघको नयाँ नेतृत्व ल्याउँदा सबैलाई समेटेर ल्याउनुपर्ने, ३२ वर्ष मुनिको उमेर सूमहबाट नेतृत्व चयन गर्नुपर्ने र गुटबन्दीको अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी तथा घेराउ गरेका छन् ।
कांग्रेसले भने आफ्नो भातृ संगठन नेविसंघको नयाँ नेतृत्व ल्याउने विषयमा गहन छलफल गरिरहेको बताएको छ ।



लाेकपाटी न्यूज

