पाकिस्तानी मन्त्रिपरिषद्को आकस्मिक बैठक

Pakisthan
लाेकपाटी न्यूज

काठमाडौं, १४ फागुन। भारतीय वायुसेनाले भारत पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरी आक्रमण गरेपछि पाकिस्तानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरु भएको छ ।

केहिबेर अघि बसेको मन्त्रीपरिषद् बैठकमा पाकिस्तानको सीमा पार गरेर भारतले गरेको आक्रमणको बारेमा छलफल हुने आशंका गरिएको छ । तर, अहिले पाकिस्तानी सरकारले के निर्णय गर्ला भन्ने विषयमा सबैले चासो दिएका छन् ।

यसअघि पाकिस्तानका विदेशमन्त्री खवाज महोम्मद असिफले भारतले यो आक्रमणका ठु्लो मूल्य चुकाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

आक्रमणबाट ३ सय भन्दा बढी मारिएको भारतीय मिडियाले दावी गरिरहेका छन् भने पाकिस्तानी सेनाका प्रमुख आशिफ जाफुरले भने आक्रमणबाट मानवीय क्षति नभएको पुष्टि गरेका छन् ।

भारतमा पनि मन्त्रीपरिषद्का वैठक बसिरहेको छ । भारतको मन्त्रीपरिषद्को निर्णयको पनि सबैले प्रतिक्षा गरिरहेका छन् ।