किन दुख्छ पुरुषको तुलनामा महिलाको टाउको बढी ?

Tauko dukhai
लाेकपाटी न्यूज

काठमाडौं । कहिलेकाहिँ टाउँको दुख्नु सामान्य मानिएपनि टाउको दुख्ने समस्यालाई सामान्य रुपमा लिनुले जटिल समस्या निम्त्याउन सक्छ ।

खासगरी व्यस्त जीवनशैली, समस्याग्रस्त समाज र देशको सामाजिक–आर्थिक अवस्थाका कारण मानिसको स्वास्थ्यमा परेको प्रतिकूल प्रभावले टाउको दुख्ने समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । नेपालमा अधिकांश व्यक्तिमा टाउको दुख्ने समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यो समस्याका कारण मानिस जटिल समस्यासम्म पुग्ने गर्छ ।

टाउको दुख्नु आफैमा रोग नभइ कुनै रोगको लक्षण मात्र हो । मेडिकल भाषामा भन्ने हो भने मानिसलाई प्राथमिक कारण र अन्य कारणले टाउको दुख्छ ।

प्राथमिक कारणमा पीडा हुने स्थानहरूको अति सक्रियताबाट हुन्छ र यसमा अन्तर्निहित संरचनागत समस्या हुँदैन । जस्तै माइग्रेनबाट हुने टाउको दुखाई, तनावबाट हुने टाउको दुखाई र टाउकाको एकातिर एक्कासी शुरू हुने दुखाईलाई प्राथमिक कारणमा लिन सकिन्छ ।

पानी कम खायो भने पनि टाउको दुख्छ । कुनै पनि कारणले ज्वरो आउन सक्छ । ज्वरो आएको बेलामा धेरैजसो टाउको दुखेको हुन्छ ।

त्यस्तै अर्को टाउको दुखाई कुनै रोगको कारणबाट हुन्छ जसले मस्तिष्क आवरण वा धमनीमा समस्या पैदा गर्छ र टाउको दुखेको अनुभूति गरिन्छ। जस्तो कि मेनिन्जाइटिस, इन्सेफ्लाइटिसबाट हुने टाउको दुखाई। अत्याधिक औषधी सेवन (प्रतिक्रियात्मक प्रभाव) द्वारा हुने टाउको दुखाई र पीडा समेत यसमा पर्छ ।

आँखाको समस्याले पनि धेरैलाई टाउको दुखिरहेको हुन्छ । आखाँमा समस्या हुँदा कसैले टाढाको हेर्न सक्दैन भने कसैले नजिक हेर्न सक्दैन । यसले गर्दा आँखाको नशाहरु तन्किने हुँदा टाउको दुख्छ ।

डिप्रेशनको कारणले पनि टाउको दुख्छ । राति निन्द्रा परेन भने भोलिपल्ट टाउको दुख्छ । यस्तो बेला टाउको भारी हुन्छ । त्यसैले निन्द्रालाई ध्यान दिनुपर्छ । आराम गर्नुपर्छ । आवश्यक मात्रामा निदाउनुपर्छ ।

सामान्य रूघा खोकी र पिनासले पनि टाउको दुख्ने समस्या हुन्छ । बढी चिसो भयो भने र बढी गर्मी भयो भने माइग्रेनको कारणले टाउको दुख्छ ।

पुरुषको तुलनामा महिलामा टाउको दुख्ने समस्या बढी हुने गरेको छ । महिलाले पाउने दोहोरो जिम्मेवारी (बच्चा जन्माउने काम) का कारण तथा हर्मोनका कारण पनि पुरुषको तुलनामा उनीहरुको टाउको बढी दुखेको हुन सक्छ । तर, यसका पछाडी अन्य केहि यस्ता कारण पनि छन् ।

पाचनमा समस्या

कहिलेकाहीँ टाउको दुख्ने कारण पेटसँग जोडिएको हुन्छ । पाचन प्रणाली सही नहुँदा टाउको दुख्ने हुन्छ । यदि टाउकोको एक भाग लामो समय दुख्यो भने झाडापखालाको लक्षण पनि हुन सक्छ ।

चिन्ता

पुरुषको तुलनामा महिला बढी चिन्ता लिने स्वभावका हुन्छन् । अक्सर टाउकोको कुन भाग दुखिरहेको छ, त्यहीअनुसार उनीहरुको मनिस्थिति के छ भन्ने पत्ता लगाउन सकिन्छ । यदि टाउकोको दुवै भागतिर दुखिरहेको छ भने बुझनुहोस्, यो चिन्ता ९टेन्सन०का कारणले हो ।

माइग्रेन

यदि बीच भागमा टाउको दुख्छ भने त्यसलाई सामान्य मान्नु हुँदैन । यो माइग्रेनसमेत हुन सक्छ । यो खतरनाक समस्या भएकाले तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।

बोझ

यदि तपाईले कुनै कुराको बोझ महसुस गरिहनुभएको छ र यो लामो समय कायम रहेमा टाउको दुख्ने हुन्छ ।

हर्मोन

टाउको दुखाइको एउटा कारण हर्मोन पनि हो । हर्मोनका कारण हृदयको गति धेरै तेज हुन्छ । अनि, पसिना आउँछ । यी तमाम बदलावका कारण टाउको दुख्ने हुन्छ ।

एलर्जी

कुनै एक खास ध्वनि कानमा गुञ्जिरह्यो भने टाउको दुख्न सक्छ । घन्टौँसम्म फोनमा कुरा गर्दा पनि यो समस्या आउन सक्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्