खतिवडाको दावी : ‘कम्युनिष्ट सरकार धेरै टिक्दैन’

ramhari-khatiwada-4
लाेकपाटी न्यूज

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कम्युनिस्ट पार्टीहरुकै बेमेलका कारण बामपन्थी सरकार पाँच वर्ष नटिक्ने बताएका छन् । नेता खतिवडाले आफ्नै आन्तरिक कलहमा पार्टी रुमलिएकाले देश विकासमा काम गर्न नसक्ने दावी गर्दै पार्टी पाँच वर्ष टिक्न नसक्ने बताएका हुन् ।

प्रधानमन्त्रीको सोचाइ पनि साँघुरो रहेकाले ओली सरकार कमजोर बनेको उनको तर्क छ । ‘एउटा कलाकारले गीत निकाल्दा ओली त्यसकै पछाडि अरिंगालको झुण्ड लगाउनु हुन्छ’, उनले भने, ‘सञ्चार मन्त्रीलाई प्रश्न सोधेकै भरमा पत्रकारले जागिरबाट निकालिनुपर्छ ।’

उनले नागरिक स्वतन्त्रता, प्रवेश स्वतन्त्रता र वाक स्वतन्त्रता के यही हो भन्दै प्रश्न गरेका छन् । शेर बहादुर देउवाको नाम देखाएर भ्रष्टचारीलाई यो सरकारले उम्काउने काम गरेको बताउँदै खतिवडाले त्यसका विरुद्ध आफूहरु चुप लागेर नबस्ने बताए ।

वाइडबडीमा पनि सरकारले त्यही नाटक रचिरहेको खतिवडाले आरोप लगाए । ‘उक्त प्रकरणमा मेरो कतै कमजोरी देखिए मलाई कारवाही गर्नुस् भनेर सभापतिज्यूले भन्नु भएको छ’, खतिवडाले भने, ‘हामी अहिले अख्तियारमा यो मुद्दा गएकाले अख्तियारको बाटो हेरिहेका छौं। त्यसमा केही तलमाथि हुने बित्तिकै हामी चुप लागेर बस्ने छैनौं।’

सरकारले सपना मात्रै बाढ्ने गरेको र काम सिन्कोसम्म भाँच्न नसकेको खतिवडाले बताए। सरकारले लगानीको कुरा गरेपनि देशमा लगानीको वातावरण नरहेको उनले बताए। सरकारको बाह्य मुलुकसँग पनि सम्बन्ध राम्रो नरहेको खतिवडाले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्