एजेन्सी । पाकिस्तानी सेनाले भारतीय वायुसेनाले भारत पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबीे गरेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटर मार्फत मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेको जानकारी दिएको हुन् ।
उनले ट्वीटमा भनेका छन्, ‘भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे । पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल र प्रभावशाली कारवाही भयो त्यसपछि उनीहरू भाग्न थाले ।’
हडबडाएर भाग्दा उनीहरुका केहि बम बालाकोटनजिकै खसे तर, त्यसबाट कुनै हानी नभएको बताइएको छ । भारत र पाकिस्तानबीच काश्मीरको पुलवामामा भएको आक्रमणपछि आक्रोशको स्थिति रहेको बेला पाकिस्तानी सेनाले यस्तो दावी गरेको हो ।
फेब्रवरी १४ का दिन भएको आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षाबललाई खुला छुट दिएको बताएका थिए । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानमाथि आक्रमण प्रतिकार नगर्ने बताएका थिए ।



लाेकपाटी न्यूज

