भारतद्वारा पाकिस्तानमाथि हमला

indian fighter plane
लाेकपाटी न्यूज

एजेन्सी । भारतको वायुसेनाले पाकिस्तानमा बम हमला गरेको पाकिस्तानले दाबी गरेको कुरा भारतीय समाचार माध्यमले जनाएका छन् । पुलवामामा भएको आतंककारी हमलामा ४० भारतीय सेनाले ज्यान गुमाएको थियो ।

अहिले भारत पाकिस्तानबीच निकै खलबल मच्चिएको छ । यसैबीच भारतको वायु सेनाले पाकिस्तानी कब्जा रहेको कस्मिरमा रहेका आतंकवादी केम्पहरुमा १२ ओटा मिराज २००० फाइटर जेट विमानबाट बम आक्रमण गरेको छ । सेनाले १ हजार किलोको बम हमला गरेको बताइएको छ ।

तर भारतले भने यसबारे अहिले कुनै पुष्टि गरेको छैन । आक्रमणमा परी आतकंकारी संगठनहरुका केम्पहरु लगायत त्यस क्षेत्रमा नोक्सानी पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर, यसको औपचारिक पुष्टि हुन बाँकी रहेको उनीहरुको दावी छ।

एजेन्सीका अनुसार मंगलबार बिहान करिब साढे ३ बजेतिर १२ ओटा जेट विमानबाछ १ हजार किलोको बमले हमला गरिएको हो । हमला जैश८ई मोहम्मदको इलाका लक्षित गरेर भएको हो । घटनाबारे थप तथ्य आएको छैन् ।