विकासको लहर सुरु भयो : झलनाथ खनाल

Jhala-Nath-Khanal-
लाेकपाटी न्यूज

इलाम, १३ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारको पाँच वर्षमा विकासको जग बस्ने बताएका छन्।

आज माईनगरपालिकास्थित वडा नं.–५ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले विकास निर्माणको काम गर्न शुरु गरेको उल्लेख गरे । उनले मुलुक अहिले समृद्धिको दिशामा उन्मुख भइसकेकाले यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यकर्ताले गरेको प्रश्नमा पूर्वप्रधानमन्त्री खनालले अबका दिनमा चुनावी कार्ययोजनाअनुरुप नै पार्टी र सरकार अघि बढ्ने बताए । “मैले चुनावी घोषणापत्रअनुसार नै काम गर्ने योजना बनाइएको छ,” खनालले भने, “पाँच वर्षमा विकासको काम तीव्र गतिले हुन्छ ।”

नेकपाका बरिष्ठ नेताहरु सरकारको कार्यशैलीप्रति असन्तुष्ट रहेको प्रचार भइरहेका बेला नेता खनालले सरकारले हल्लाभन्दा परिणाममूखी काम गरिरहेको बताएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्