काठमाडौं, १३ फागुन । केही दिनयता सञ्चार माध्यममा मन्त्री फेर्ने खुवै समाचारहरु आउन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका सबै नेताहरु मन्त्रिमण्डल हेरफेरको कुनै तयारी छैन भनिरहेका छन्।
जनता टाइम्स् लेख्छ, तर सञ्चार माध्यम भने आफ्नो दुई नम्बरी काममा अवरोध बनेका मन्त्रीलाई फेर्ने माफिया र बिचौलियाको जालोमा परेर हरेक दिन प्रभावशाली मन्त्रीहरु फेरिदै छन्, राजीनामा दिँदैछन् भन्दै अफवाह फैलाइरहेका छन्।
यो काम पछिल्लो समय निकै तीब्र बनेको छ । हुँदाहुँदा सञ्चार क्षेत्रमा प्रभावशाली पत्रकारसमेत बिचौलियाको अफवाहको शिकार हुन थालेका छन् । पछिल्लो समय भन्सारमा बदमासी गर्न नपाएपछि तस्करको एउटा समूह, राजश्व छल्न नपाएपछि दुई नम्बरी काम गर्ने राजश्वमारा व्यवसायीहरु अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने समाचार मिडियामा पु¥याउँदै सम्प्रेशन गराइरहेका छन् ।
उनीहरुको काम मन्त्री फेरिदै छ भन्दै आफ्नो दुई नम्बरी पेशालाई अघि बढाउने रहेको छ । यो काममा सांसदसमेत रहेका बिनोद चौधरीदेखि भन्सार छलेर ब्यवसाय अघि बढाएका विज्ञापन एजेन्सी, आयात निर्यातमा संलग्न ठूलै गिरोह लागिपरेको छ । त्यो गिरोहले केही दिनदेखि अर्थमन्त्री हटाउने भन्ने समाचार छाडेर राजीनामा दिने भन्दै भ्रम फैलाउन थालेको छ । अर्थमन्त्री खतिवडाले राजस्व प्रशासनमा कडाई गरेपछि केही विज्ञापन एजेन्सीका मालिकसमेत अर्थमन्त्री खतिवडाबिरुद्ध सुनियोजित रुपमा राजीनामा दिने, हटाउनेजस्ता अफवाह फैलाइरहेको स्रोत बताउँछ ।
आन्तरिक राजश्व कार्यालयले विज्ञापन एजेन्सीमाथि समेत कर छलीबारे अनुसन्धान अघि बढाएपछि उनीहरु अर्थमन्त्रीविरुद्ध खनिएका हुन् । त्यसैको पछिल्लो सिलसिलाका रुपमा लण्डनमा लगानी भित्र्याउन व्यस्त अर्थमन्त्री खतिवडाले राजीनामा दिने भन्दै अफवाह फैलाउने काम गरिएको छ । करिव आधा दर्जन ठूला विज्ञापन एजेन्सीले अर्थमन्त्री खतिवडाले राजीनामा दिँदै भनेर समाचार लेखाउने काम गरेको विज्ञापन एजेन्सी संघमा आवद्ध एक सदस्यले बताएका छन्।
विज्ञापन एजेन्सीहरुले मन्त्री हटाउँदै वा राजीनामा दिँदै भनेर समाचार दिएबापत लगानीकर्तालाई पैसाको रेटसमेत तोकेको ती सदस्यले बताए । अर्थमन्त्री खतिवडाविरुद्ध केही समाचार नपाएपछि केही ब्यापारीसँगको कुरा भन्दै सोही समूहले राजीनामा दिने मुडमा भनेर भ्रम छर्न थालेको स्रोतको भनाइ छ ।
बिचौलिया समूहको टार्गेटमा अर्थमन्त्री खतिवडा, गृहमन्त्री रामबहादुर थापा, श्रममन्त्री गोकर्ण बिष्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, पर्यटन मन्त्री रबिन्द्र अधिकारी स्रोत बताउँछ। आफ्ना व्यक्तिगत स्वार्थमा मन्त्रीहरु तयार नभएपछि मन्त्री फेरिने हल्ला गर्न संगठित अभियान नै चलाएको स्रोत बताउँछ।
‘उनीहरु आफ्नो ठगी धन्दा नचल्ने भएपछि मन्त्री हटाउँदैन भनेर निरन्तर अफवाह फैलाउने काममा लागिरहेका छन्। मन्त्रीलाई सहयोग गर्ने इमान्दार ब्यवसायीहरुमाथि पनि समाचार लेखाएर मन्त्रीलाई सहयोग नहोस भन्ने काम गरिरहेका छन्,’ श्रम मन्त्रालयका एक अधिकारीले भने।



लाेकपाटी न्यूज

