वैदेशिक रोजगारले एचआइभी भित्र्याउँदै : विमानस्थलमै परीक्षण गर्न माग

एचअाइभी
लाेकपाटी न्यूज

काठमाडौं, १३ फागुन । नेपालबाट लाखौं सपना बाकेर विदेश गएका नेपालीहरुले थोरै होस नगर्दा ठूलो रोगको शिकार हुनुपर्ने अवस्था रहेको छ । महोत्तरी जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभीबाट सङ्क्रमित भएको पाइएको छ ।

एचआइभी जाँच, रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो जनाएको हो । ल्याबको परीक्षणबाट सङ्क्रमित पाइएका ५० मध्ये ३१ पुरुष वैदेशिक रोजगारबाट फर्केका पाइएको छ । सङ्क्रमित १९ महिलामध्ये छ जना सङ्क्रमित पुरुष (पति) का पत्नी रहेको जनाएको छ ।

सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्त परीक्षण र उपचार सेवासमेत दिँदै आएको परियोजनाले सन् २०१३ यता भने एचआइभी सङ्क्रमण न्यूनीकरणमा राम्रो सुधार आएको जनाएको छ । सन् २००७ देखि २०१२ सम्म प्रत्येक वर्ष दुई देखि चारको सङ्ख्यामा सङ्क्रमित भेटिए पनि २०१३ यता भने यसै वर्ष गत अक्टोबरमा एक मात्र सङ्क्रमित भेटाइएको परियोजना प्रमुख पौडेलले जानकारी दिइन् ।

जिल्लामा सङ्क्रमितको तथ्याङ्कअनुसार सबै असुरक्षित यौन सम्पर्कको कारण पाइएको उनले बताइन् । सङ्क्रमण पनि भारत र मलेसियाबाट फर्केका यूवायुवतीमा बढी पाइएको परियोजनाले जनाएको छ । यसैबीच स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घ संस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुईदेशीय सीमा क्षेत्रमा अनिवार्य यौन रोग एचआइभी चेक गर्न भनेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्