ट्राफिक नियन्त्रण तालिम सुरु

महानगरीय-ट्राफिक-प्रहरी-महाशाखा-360x360
लाेकपाटी न्यूज

काठमाडौं, १२ फागुन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १३१औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटाले आइतबार आयोजित एक कार्यक्रमबीच उक्त तालिम उद्घाटन गर्दै तालिममा सिकाइने सैद्धान्तिक र व्यवाहारिक ज्ञानले ट्राफिक व्यवस्थापनका समस्या समाधानका लागि सहयोग र्पुयाउने भएकाले प्रशिक्षार्थीहरुले अनुशासित र लगनशील भएर तालिम हासिल गर्नुपर्ने बताए ।

कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले कूल ४५ कार्य दिनको उक्त तालिममा प्रहरी हवल्दार ५ र प्रहरी जवान ६० गरी कूल ६५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्