काठमाडौं । किशोरावस्था हुँदा तपाईँको स्मरणशक्ति एकदमै बलियो थियो, जे कुरा पनि सजिलै सम्झिन सक्नुहुन्थ्यो । तर, अहिले हिजोकै कुरा पनि सम्झिन गाह्रो परिरहेको छ, यस्तो किन हुन्छ ? मानिसको सम्झिन सक्ने क्षमता धेरै कुरामा भर परिरहेको हुन्छ, जस्तैः तपाईँको खाने बानी र समय, सुत्ने बानी र समय अनि तपाईँको मस्तिष्कको क्षमता ।
आजसम्म तपाईँले आफ्नो मस्तिष्कको स्वास्थ्यलाई नाजुक बनाउनको लागि जे–जति गल्ती गर्नुभयो, त्यो सबै भुलिदिनुस्। तपाईँको स्मरण शक्तिलाई फेरि पनि जस्ताको त्यस्तै बनाउन चाहनुहुन्छ भने आजैदेखि आफ्नो जीवनमा यी पाँच सुत्रहरू अपनाउनुहोस्ः
धेरै सुगन्ध सुँघ्नुहोस् : दिनहुँ कुनै नयाँ कुराको गन्ध थाहा पाउने कोशिस गर्नुहोस्। जब तपाईँ विहान उठ्नुहुन्छ, कुनै न कुनै कुराको गन्धलाई सुँघ्नुहोस्, जस्तैस कफी पाउडर, गुलाफको फूल। वैज्ञानिकहरू भन्छन् कडा सुगन्धले मानिसको संज्ञानात्मक क्षमताको विकास गर्दछ। भन्नाले जति धेरै नयाँ सुगन्ध सुँघ्यो, त्यति धेरै मस्तिष्कले त्यो गन्धलाई सम्झिन खोज्दछ, जसले गर्दा तपाईँको स्मरण शक्तिमा विस्तारै सुधार हुँदै जान्छ ।
स्मरण शक्ति बढाउने प्राकृतिक खाना खानुहोस् : प्रशस्त एण्टिअक्सिडेण्ट पाइने खानेकुराहरू ९बदाम, ओखर, काजु, अङ्गुर, स्याउ, केरा, गाढा हरीयो सागपात, अदुवा, गाँजर, आदि।० खाँदा स्मरणशक्तिलाई कमजोर बनाउने इलेक्ट्रोनहरूलाई निष्क्रिय बनाउँदछ र विस्तारै मस्तिष्को क्षमतामा वृद्धि हुँदै जान्छ। माछा र गेडागुडीमा पाइने स्वस्थ बोसोले पनि दिमागलाई फाइदा गर्दछ ।
दिमागको अभ्यास गर्नुहोस् : आफ्नो दिमागको पसिना निकाल्नुहोस्, भनेको धेरै सोँच्नुहोस्। तर जतिबेला पनि व्यर्थ कुरा सोँच्नु हानिकारक हुन्छ। विशेष गरी विहान उठेपछि आफ्नो दिमागलाई कुनै जटिल काम गर्न दिनुहोस्। सुडोकु, लुडो जस्ता चुनौतीपूर्ण खेलले दिमागको सम्झन सक्ने शक्तिलाई जागरुक गर्दछ। बाघचाल, चेस, स्क्र्याम्बल जस्ता दिमाग चलाउन पर्ने खेलहरूले पनि तपाईँको दिमागको राम्रो अभ्यास गराउँदछ। सँधै एउटै किसिमले काम नगर्नुहोस्। कार्यालय जाँदा सँधै जाने बाटोभन्दा भिन्न बाटोबाट जान सक्नुहुन्छ। अथवा सँधै दाहिने हातले दाँत माझ्नुहुन्थ्यो भने, देब्रे हातले दाँत माझ्ने अभ्यास गर्नुहोस्। भन्नाले, भिन्दाभिन्दै अनुभव लिने कोशिस गर्नुहोस्।
पर्याप्त सुत्नुहोस् : शरीर निदाउँछ तर दिमाग निदाउँदैन। राति शरीर निदाएको बेला दिमागले तपाईँको शरीरको हेरचाह गरिरहेको हुन्छ। तपाईँको शरीर जति स्वस्थ भयो, दिमागलाई पनि त्यति नै राहत हुन्छ। त्यसैले पर्याप्त सुत्नुहोस्, निन्द्रालाई मिचेर कुनै पनि काम नगर्नुहोस्। बरु राति गर्नुपर्ने कामलाई दिउँसै गर्न सकिन्छ।
भूत, वर्तमान र भविष्य : तपाईँको विगतका कुरा र घटनाहरूलाई सम्झिने प्रयत्न गर्नुहोस् र त्यसलाई फेरि दोहोर्याउने कोशिस गर्नुहोस्। वैज्ञानिकहरू भन्छन् दिनदिनै विगतका भुलिसकेका घटनालाई सम्झिने प्रयास गर्दा, कुनै न कुनै एक दिन पक्कै पनि सम्झिन सकिन्छ। यो सबै तपाईँको इच्छाशक्तिमा भर पर्दछ। यसरी पहिलेका कुराहरू सम्झिने अभ्यास गर्नुभयो भने, दिमाग बुढो हुने क्रम पनि ढिलो हुने वैज्ञानिकहरू विश्वास गर्छन्।



लाेकपाटी न्यूज

