नयाँ राष्ट्रपतिका लागि मतदान

Voting pic
लाेकपाटी न्यूज

फागुन १२ । नयाँ राष्ट्रपति चयनका लागि शनिबार नाइजेरियामा निर्वाचन भएको छ । अघिल्लो हप्ता नै मतदान गर्ने तय भएपनि एक हप्ता पछाडि सारिएर यो शनिबार मतदान भएको हो ।

निर्वाचनका लागि देशभरि एक लाख २० हजार मतदान केन्द्रहरु तय गरिएको छ । उक्त निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु भएको थियो । निर्वाचनको अन्तिम नतिजा अर्को हप्तासम्ममा आइसक्ने अनुमान गरिएको छ । नयाँ राष्ट्रपति चार वर्षका लागि चुनिने छन् ।

वर्तमान राष्ट्रपति मुहम्मद बुहारीले आफ्नो गृहनगर दाउरामा मतदान गरेर मतदानको सुरुवात गरेका थिए । मतदानपछि उनले भने, “मैले मलाई नै बधाई दिएको छु, किनकि मैले निर्वाचन जित्ने निश्चित छ ।” उनका मुख्य प्रतिश्पर्धी ७२ जर्षका अतिकु अबुबाकर छन् ।

निर्वाचनबाट प्रतिनिधि सभाका लागि ३६० जना निर्वाचित हुने छन् भने १०९ जना सिनेटर निर्वाचित हुनेछन् । निर्वाचनमा ६५ सय उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।

कडा सुरक्षा व्यवस्था र केही हिंसात्मक घटनाहरुका बीचमा नाइजेरियामा लामो समयपछि निर्वाचन हुन लागेको हो ।