पारस खड्कालाई ‘ब्राण्ड एम्बेण्डर’ बनाएर ठगी

Paras-khadka-Expert
लाेकपाटी न्यूज

काठमाडौँ । अस्ट्रेलियामा दर्ता नै नभएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबीटी) मा सबैभन्दा बढी विद्यार्थी पठाउने मध्यको एक एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई वार्षिक मोटो रकम दिएर कम्पनीको ब्राण्ड एम्बासडर बनाएको थियो ।

यूवा पुस्ताको अत्यन्तै फ्यान फ्लोवर्स भएका कप्तान खड्कालाई ब्राण्ड एम्बासडर बनाउदा धेरैभन्दा धेरै विद्यार्थीलाई आफूतिर तान्ने अभिप्रायकासाथ एक्स्पर्टले पारसलाई ब्राण्ड एम्बासडर बनाएको थियो । एआबिटीमा नेपाली विद्यार्थी बिचल्लीमा परेपछि एक्स्पर्टका कर्तुतहरु एक एक गर्दै बाहिर आइरहेका छन् ।

देशैभर शाखा सञ्जाल भएको एक्स्पर्टले विद्यार्थीहरुले एक्स्पर्टबाट ठगिएको आवाज बाहिर ल्याएपछि हतार हतार विज्ञप्ति जारी गर्दै सो कलेजमा आफूले विद्यार्थी नपठाएको बताए पनि उसको झुटको पर्दाफास भएपछि सो विज्ञप्ति डिलिट गरिएको छ । यता एक्स्पर्टको पोल खोलेको भन्दै एक्स्पर्टको नाम लिने भन्दै विद्यार्थीका परिवारलाई सो कन्सल्टेन्सीका प्रतिनिधिले धम्की दिएको अभिभावकले गुनासो गर्न थालेका छन् ।

अस्ट्रेलियाको एआइबिटी कलेजमा नर्सिङ अध्ययन गर्न गएका एक हजार विद्यार्थीको भविश्य अन्योल ग्रस्त बनेको छ । अस्ट्रेलियन नर्सिङ एण्ड मिडवाइफरी एक्रिटिडेशन काउन्सिल (एनम्याक) ले उक्त कलेजलाई नर्सिङ अध्यापनको सम्बन्धन नदिएपछि नर्सिङ पढ्न गएका विद्यार्थीको भविश्य अन्योल भएको हो ।

समस्यामा परेका विद्यार्थीहरुले मिडियामार्फत् कन्सल्टेन्सीहरुले २/४ लाख रुपैयाँ कमाउनका लागि सम्बन्धन नै नपाएको कलेजहरुमा आफूहरुलाई पठाएर अन्याय गरेको भन्दै यसमा मुख्य दोसी कन्सल्टेन्सीहरु रहेको आरोप लगाएका छन् । उक्त कलेजमा नेपालका विभिन्न कन्सल्टेन्सीहरुबाट विद्यार्थीहरु गए पनि विद्याथीहरुले नै सबैभन्दा धेरै एक्स्पर्ट र मार्सी एजुकेशन कन्सल्टेन्सीबाट विद्याथीहरु उक्त कलेजमा पुगेको बताएका छन् ।

विद्यार्थीहरुको उक्त भनाई बाहिरिएपछि धेरै विद्यार्थी पठाउने मध्यको एक एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले हतार हतार एक विज्ञप्ति जारी गर्दै एआइविटीमा आफूले नपठाएको बरु आफ्नो जस्तै नाम भएको अन्य कुनै कन्सल्टेन्सीले पठाएको होला भन्ने आशयका साथ त्यसमा घुमाउरो भाषामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको थियो ।

एक्स्पर्टका निर्देशक बद्री अर्यालले विज्ञप्ति जारी गरेर आफूहरुको संलग्नता अस्वीकार गरेका थिए । कन्सल्टेन्सीले चर्चित युवा खेलाडीको चर्चाको ब्ल्याकमेलिङ गरेर विद्यार्थीहरुलाई ठगी गरेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्