फागुन १५ मा अप्सनको शैक्षिक उत्प्रेरणा

saunak bhatta
लाेकपाटी न्यूज

चितवन, १० फागुन। नारायणगढमा रहेको अप्सन एजुकेशन कन्सलटेन्सीले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम आयोजना गर्दैछ।

यही फागुन १५ गते नारायणगढस्थित नारायणी कला मन्दिरमा विद्यार्थीहरुको क्षमता अभिवृद्धिका साथै विद्यार्थीहरुमा आत्मविश्वास जागृत गराउने उद्देश्यले शैक्षिक तालिम कार्यक्रम आयोजना गरिएको अप्सन एजुकेशन नारायणगढ शाखा प्रमुख मनिष थापाले बताए।

कार्यक्रममा युवापुस्तामाझ लोकप्रिय उत्प्रेरक सौनक भट्टले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने छन्। कार्यक्रम विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने थापाले जानकारी दिए । यस कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासका लागि कोसेढुंगा सावित हुने उनको विश्वास छ।

कार्यक्रममा पाँच सय जनाभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ। उत्प्रेरणा कार्यक्रमले विद्यार्थीहरुमा ज्ञानको भोक जगाइदिने अप्सन एजुकेशनका सुरेश बास्तोलाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्