जाजरकोट पुग्यो : नयाँ शक्तिको जनसंवाद यात्रा

baburam
लाेकपाटी न्यूज

जाजरकोट, १० फागुन । पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई यतिखेर जनसंवाद यात्रामा व्यस्त रहेका छन् ।

देशको विकास र समृद्धिका लागि नयाँ सोचको आवश्यकता रहेको भन्दै उनले जनसंवाद यात्राको थालनी गरेका हुन् ।

जनसंवाद यात्राको २४ औं दिन उनी जाजरकोट पुगेका छन् । उनले त्यहाँ केही रमाइला र केही गम्भीर जनसंवाद गरेको बताएका छन् । साथै उनले पश्चिम जाजरकोटको अल्पविकसित अवस्थाको प्रत्यक्ष अवलोकनसमेत गरेका छन् ।

कार्यक्रममा स्थानीय संस्कृति र नेपाली मौलिकतालाई झल्काउने खालका थुप्रै झाँकीहरु प्रसतुत गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्