‘प्रदेश नं. ५ को राजधानी दाङ हुनुपर्छ’ : वर्षामान पुन

पुनऽ दाङ
लाेकपाटी न्यूज

दाङ, १० फागुन । जलस्रोत तथा उर्जामन्त्री वर्षमान पुनले प्रदेश नं. ५ को स्थायी राजधानी दाङ नै हुनुपर्ने बताएका छन् । शुक्रबार दाङमा रिपोटर्स क्लबले आयोजना कगरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थायी राजधानी तोक्ने अधिकार प्रदेश सभामा मात्रै रहेको बताएका छन् ।

पुनले दाङ राजधानी नभए बाँके र बर्दिया प्रदेश नं ५ बाट टुक्रिने तयारीमा रहेकोसमेत जानकारी दिए । त्यहाँका जनताले टुक्रिने अभिव्यक्ति दिइरहेको बताउँदै पुनले भने, उनीहरुको माग सम्बोधन गर्न उपयुक्त स्थानमा राजधानी बनाउनुपर्छ । र त्यो उपयुक्त स्थान भनेको दाङ नै हो । उनले तुलसीपुर क्षेत्रका सबै स्थानहरुमा एक वर्ष भित्रमा विद्युतीकरण गरिसक्ने जानकारी दिएका छन् ।

उर्जामन्त्री पुनले सो अवसरमा नेकपा अध्यक्ष र शीर्ष नेताहरुमा कुनै पनि किसिमको मतभेद नभएको दाबी गरेका छन् । आफू पनि नेकपाको कार्यदल सदस्य रहेको बताउँदै उनले शीर्ष नेताबीच कुनै पनि मदभेद नभएको स्पष्ट पारेका हुन् । पुनले भने, ‘बाहिर आए जस्तो कुनै मतभेद छैन, तर बहस र तर्कहरु शीर्ष नेताबाट आइरहेको छ । त्यसलाई मदभेद भन्न मिन्दैन । दुई अध्यक्ष र वरिष्ठ नेतामा त्यस्तो केहि छैन ।’

नेकपाका नेतासमेत रहेका पुनले जिल्लास्तरको नेतृत्व चाडैँ चयन हुने बताए । ‘हामी अविलम्ब एकता प्रक्रिया अघि बढाउने तयारीमा छाैँ ‘ उनले भने, ‘अब अभियानकै रुपमा सञ्चालन गरेर सबै तह, क्षेत्रमा एकता हुन्छ ।’

मन्त्रि पुनले तीन वटै सरकारले एक वर्ष पूरा गरेको भन्दै पहिलो वर्ष कामको आधार खडा भएको बताए । उनले सरकार मूलरुपमा एक वर्षमा सफल भएको दाबीसमेत गरे । ‘आधार बनाउँदा काम देखिँदैन । अब काम देखिन्छ’, उनले भने, ‘जनताको जलविद्युत देखि प्रधानमन्मन्त्री रोजगार कार्यक्रमले देशलाई समृद्धि उन्मुख बनाएको छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्