वीर अस्पतालमा लिफ्ट चुँडिदा दुईको मृत्यु

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, १० फागुन । काठमाडौंमा रहेको वीर अस्पतालमा लिफ्ट चुँडिदा दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ वीर अस्पताको नयाँ भवनको लिफ्ट चुँडिदा यस्तो घटना घटेको हो । घटनामा परी अर्का एक जना भने घाइते भएको पाइएकोे छ ।

अस्पतालको उत्तरतर्फ बनिरहेको नयाँ भवनको लिफ्ट चुँडिदा सोही भवन निर्माणका लागि खटिएका कामदार सप्तरी जिल्लाका नवीन चौधरी र भूमिकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी घाइते हुनेमा सप्तरीकै सोभितकुमार चौधरी रहेका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

निर्माणधिन भवनमा बेलुका ७ बजे सामन लोड गरिएको लिफ्ट चुँडिदा उनीहरु च्यापिएका थिए । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्