‘राजधानीका लागि ठाउँ खोजिरहेका छौं’

Purna-Bahadur-Gharti
लाेकपाटी न्यूज

लमही, १० फागुन । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश राजधानी खुल्ला स्थानमा तोकिने बताएका छन् ।

दाङको तुलसीपुरस्थित जनकल्याण मावि दूधरासको ६८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले शहरी क्षेत्रको भीडभाडमा भन्दा पनि खुल्ला ठाउँमा राजधानी तोकिने बताए।

“अहिले शहर बसिरहेको क्षेत्र धेरै भीडभाड हुन्छ, यस्तो ठाउँमा राजधानी तोक्दा कार्यालय व्यवस्थापन गर्न समस्या हुन्छ,” उनले भने, “राजधानीका लागि खुल्ला ठाउँ चाहिन्छ, यसका लागि विज्ञ टोलीको पनि सुझाव लिन्छौँ ।”

प्रदेश राजधानीका लागि प्रदेशका १२ वटै जिल्लामा सुझाव सङ्कलन भइरहेको भन्दै उनले प्राप्त सुझावमाथिको छलफल तथा विज्ञटोलीको सुझावका आधारमा राजधानी तोकिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्