‘सनी लियोनी’ इञ्जिनियरको परीक्षामा टप

सनी लियोनी
लाेकपाटी न्यूज

काठमाडौं, ९ फागुन । धेरैले भन्ने गरेको र सुनिएको कुरा हो नाममा के छ र ? तर, नाममै छ धेरै थोक । कहिलेकाहीँ नामले नै सबैलाई अचम्ममा पारिदिन्छ ।

हो, त्यस्तै अचम्ममा पारिदिएको छ हालसालै भारतको बिहारको लोक स्वास्थ्य अभियन्त्रण विभागले लिएको जुनियर इञ्जिनियरिङको परीक्षाले ।

विभागले लिएको परीक्षमा ‘सनी लियोनी’ ले टप गरेकी छिन् । उनी अभिनेत्री सनी लियोनी भने होइनन् । तर पनि यसमा सनी लियोनी पनि जोडिन आइपुगेकी छिन् ।

विभागमा आवेदन दिने १७ हजार आवेदकमध्ये ‘सनी लियोनी’ नाम गरेकी आवेदकले डिप्लोमामा प्राप्त गरेको अङ्कका आधारमा उनलाई शीर्ष स्थानमा राखिएको हो ।

तर विभागले सनी लियोनी नाम गरेको आवेदक सही हो कि नक्कली हो भनेर शैक्षिक प्रमाणपत्रहरु भेरिफिकेसन पश्चात् मात्रै पत्ता लाग्ने बताएको छ ।

जन्ममिति मे १३, १९९१ उल्लेख गरिएको सनी लियोनीले डिप्लोमामा ९८.५० प्रतिशत हासिल गरेको प्रमाणपत्र उल्लेख गरेको विभागका सहसचिव अशोक कुमारले बताएका छन् ।

सामाजिक सञ्जालमा समाचार भाइरल बनेसँगै अभिनेत्री सनी लियोनीले ट्वीट गर्दै रमाइलो गरेकी छिन् । उनी लेख्छिन्, ‘हाहा, म निकै नै खुशी छु कि अर्की सनीले यति राम्रो अङ्क हासिल गरेकी छिन् ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्