एजेन्सी । कर्नाटकको ब्याङलोरमा चलिरहेको भारतीय वायु सेनाको एयर शोकै क्रममा दुर्घटनामा परेको छ ।
यलहांका विमानस्थलमा एयर शोका क्रममा सूर्यकिरण एयरक्राफ्टका दुई विमान एक आपसमा ठोक्किएपछि दुर्घटना भएको हो ।
एयरक्राप्टका दुवै पाइलट भने सकुशल भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । उनीहरुको अवस्था कस्तो छ भन्नेबारेमा भने केही बताइएको छैन ।
दुर्घटनाग्रस्त जहाजले लागेर एक जना नागरिक पनि घाइते भएको बताइएको छ । दुर्घटनापछि दुवै विमान येलहांकाको न्यू टाउन एरियामा खसेको ब्याङलोर प्रहरीले जनाएको छ ।
रिहर्सलका क्रममा दुवै एयरक्राफ्ट उडान भर्ने क्रममै आकाशमा ठोक्किन पुगेका हुन् । भारतीय वायु सेनाले भोलिदेखि हुने ५ दिवसीय एयर शोको रिहर्सलका क्रममा विमान दुर्घटनामा परेको हो ।



लाेकपाटी न्यूज

