धनगढी, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सुदुरपश्चिम प्रदेश पुगेका छन् । आज र भोलि उनी सुदुरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागी हुने भएका छन् ।
ओलीले आज धनगढी हुँदै डडेलधुराको स्याउलेमा रहेको विद्यतु सव स्टेशनको उद्ध्घाटन गर्ने कार्यक्रम रहेको छ । दिउसो २ बजे स्टेशनको उद्ध्घाटन गर्न उनी डडेलधुराको स्याउले पुग्ने छन् भने दिउसो साढे ३ बजे नै डोटीको विपी नगरमा सहजपुर-बोक्टान सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।
यस्तै प्रधानमन्त्री ओलीलले भोलि बिहान ९ बजे सुदुरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउसो ११.३० बजे उनी नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का सुदुरपश्चिम स्तरीय कार्यकर्तालाई सम्बोधन गर्ने छन् ।


लाेकपाटी न्यूज

