‘पशुपति शर्माको गीतलाई दण्डित होइन पुरस्कृत गरियोस्’: बाबुराम भट्टराई

Baburam-Bhattarai-2
लाेकपाटी न्यूज

काठमाडौं, ६ फागुन । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पशुपति शर्माको गीतलाई पुरस्कृत गर्नुपर्ने बताएका हुन् ।

आइतबार उक्त गीतसहितको एउटा ट्वीटगर्दै डा.भट्टराईले लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’लाई पुरस्कृत गर्न माग गरेका हुन ।

डा.भट्टराईले पशुपति शर्माको सो गीतलाई धम्क्याएर अघोषित प्रतिबन्ध लगाइएको हो भने त्यो अत्यन्त गम्भीर विषय भएको बताए । उनले लेखेका छन्, ‘पाँचथरबाट बाग्लुङसम्म आइपुग्दा जनतामात्र हैन, सत्ताधारी दलका कार्यकर्तासम्मले यस्तै भ्रष्टाचारविरोधी गीत गाइरहेको पाइयो ।’

उनले उक्त गीतलाई ‘दण्डित होइन, पुरस्कृत गरियोस्’ भनेका छन् । सरकारलाई ‘सुतुरमुर्गे’ हरकत नगरियो भन्दै उनले चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्